10 August 2015

शरीरका अनावश्यक रौँ हटाउने घरेलु उपायहरु

शरीरका भागमा आउने अनावश्यक रौं ले सौन्दर्यमा बाधा पुर्याई रहेका हुन्छन । धेरै जसो मान्छेहरुले अनावश्यक रौं हटाउने भन्दै विभिन्न किसिमका हानिकारक क्रिमहरु पनि प्रयोग गरिरहेका हुन्छन जसले छालामा


निकै असर पुर्याउने गर्छ । हामीले यस्ता अनावश्यक रौ हरुलाई घरमै पनि हटाउन सक्छौ जसका लागी निम्न घरेलु उपायहरु अपनाउन सकिन्छ :
* मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौ“ भएको ठाउ“मा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।
* बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउँदै जान्छ।
*चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दा रौँ कम हुदै जान्छ।
*बजारमा ‘प्युमिक स्टोन’ नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ 

No comments:

Post a Comment