1 March 2011

यादहरु.....

छुटेपछि तिम्रो र मेरो साथ
रुदै काट्नु पर्याछ दिन र रात !!
मनमा पिर आखामा आशु
छुटिएर टाढीदा नङ र मासु !!
गास र बासको नहुदा टुङ्गो
दुनियाले बनाउदा हलुङ्गो !!
उमंगले छाहोला अहिले गाउ
सत्रु बैरी भाहोलान एकै ठाउँ !!
दुख गर्न शहरमा पस्या छु
दोबाटोमा कुरेर वस्या छु !!
आफ्नै देशमा पाएत राम्रो काम
के आउथे र अर्काको नौलो ठाउँ !!