4 April 2013

बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय


(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)
 ददि सापकोटा

वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् त्यहाँ उनको समय सकियो नयाँ कम्पनीले उनलाई बोलाईरहेको , कामकोलागि तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन्
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन अदुरदर्शी कारण हो उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि त्यहाँको भाषा प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् तर उनलाई समस्या त्यहि परेको   (दोस्रो फोटोमा नारायण रिजाल तेस्रो फोटोमा शिव सापकोटा) 

अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र स्थायी ठेगानाको सक्कल चाहिन्छ जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर
गरेर छाप हानिदिन्थ्यो त्यो कागजलाई बिदेशी राजदुतावास, मन्त्रालय अन्य संवन्धित कार्यालयले मान्यता दिने गर्थे तर जब डा बाबुराम भट्टराई प्रधानमन्त्री भए तब उनको मन्त्री परिषदले कानुन किताब खारेज गरिदियो यहिँबाट बिदेशमा बस्ने नेपालीलाई सास्ति शुरु भएको हो
अष्ट्रियाको दिल्ली स्थित राजदूतावासका असिस्टेन्ट आतासे वाल्ट्राउट ब्राउन्डरले नारायण रिजाललाई दिएको जवाफमा लेखिएको तपाईको कागजपत्र कनसुल मोरिजसित देखाउँदा हामीले तपाईलाई ति कागजको कुटनितिक कानुनी हैशियत दिन असमर्थ छौं हामीलाई नेपालको परराष्ट्र मन्त्रालयले प्रमाणित गरेर दिएको कानुनी हैशियत प्राप्त कागजात चाहिन्छ सिन एट भनेर दिएको छापले कानुनी हैशियत राख्दैन
डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले कानुन किताब खारेज गरेर स्थानिय निकायबाटै त्यस्ता कागज बनाउने निर्णय गरिदियो नेपालीहरुले गाविस, नगरपालिका जिल्ला विकास समितिबाट सिफारिस बनाउन खोजे तर स्थानिय स्तरमा कम्प्युटर हुन्न भएका ठाउँमा कि बिग्रिएर फालिएका छन् कि बत्ती नहुँदा भएकापनि चल्दैनन् हाम्रा गाविस कार्यालयहरुमा अहिलेसम्म अग्रेजीमा लेखिएको लेटरहेड सम्म छैन अर्को तथ्य के भने स्थानिय स्तरका सचिवहरुले अंग्रेजी भाषामा निबेदन त्यस्ता प्रमाणपत्र लेख्नपनि जान्दैनन् हस्तलिखित प्रमाणपत्रहरुलाई बिदेशी राजदुतावास यहाँका कार्यालयले मान्यता दिँदैनन्
त्यसो बिदेशका नेपालीपनि सबै अंग्रेजी भाषामा पोख्त हुँदैनन् जानेकाले आफैंले यस्तो बनाइदिनु भन्दै लेखेर दिन्छन् गाविस सचिवहरुले त्यहि टाईप गरेर पठाउने गरेकापनि छन् तर सचिव संवन्धित ब्यक्ति दुबैको अंग्रेजी निबेदन लेख्न सक्ने स्तरको छैन भने कहाँ जाने ? अहिले धेरै नेपालीले यहि समस्या भोगिरहेका छन् मन्त्री परिषद कति अदुरदर्शी देखियो भने स्थानिय स्तरमा आधारभूत तयार भएको कि छैन भन्ने अध्ययन नै नगरि हचुवामा कानुन किताब खाना रद्द गरेर स्थानिय स्तरबाटै गराउनु पर्ने निर्णय गरिदियो अहिले हामीले यस्तो समस्या भोग्नु पर्योनारायण रिजाल गुनासो गर्छन्
तर बिदेशी दुतावासहरुले दिने जानकारि अनुसार चाहिँ नेपालीहरुले कागजी समस्या भोग्न पर्नुको मुख्य कारण परराष्ट्र मन्त्रालयको गैर्ह जिम्मेवारी हो कानुन किताबले अनुवाद गरेर लगेका कागजपत्रहरुलाई पहिले परराष्ट्र मन्त्रालयले प्रमाणित गरिदिन्थ्यो समस्या भएको थिएन तर कानुन किताब खारेज भएपछि स्थानिय स्तरबाट ल्याइने कागजपत्रहरुमा मन्त्रालयले सीन एट अर्थात् हेरेको मात्रै भनेर छाप लगाउन थालेपछि त्यस्ता कागज पत्रहरुलाई बिदेशी दुतावासले मान्यता दिन छाडेकाले यो समस्या निम्तिएको हो
आफ्नै देशको स्थानिय निकायले बनाएका कागजपत्रलाई प्रमाणित गर्न परराष्ट्र मन्त्रालयलाई के बाधा परेको हो ? यसबारे बिदेशस्थित नेपाली राजदुतावासपनि मौन छन् यहि कागज बनाउन स्थानिय निकाय, काठमाडौं दिल्ली स्थित अष्ट्रियन राजदुतावास महिनौं धाए रिजालका आफन्तले हजारौं खर्च गरे तर अन्तिममा अष्ट्रियन राजदुतावासले ति कागजलाई मान्यता नदिएपछि उनको पैसा, समय मेहन्तसमेत खेर गयो उनले महिनौं लगाएर बनाएका ति कागज सबै रद्द भए

आफुलाई यस्तो समस्या परेपछि नारायण रिजालले अष्ट्रिया हेर्ने जर्मनीको बर्लिनस्थित राजदुतावासमा सम्पर्क गरे तर उनलाई सहयोग गर्नुको साटो उल्टै राजदुतावासले आफुहरुपनि यो निर्णयबाट आश्चर्यमा परेको जवाफ दिएको बताए मैले बर्लिनस्थित राजदुतावासमा सम्पर्क गरेर बुझ्दा उनीहरुले हामीलाईपनि जानकारि छैन हामीपनि आश्चर्यमा परेका छौं भन्ने जवाफ पो दिए नेपालीकै लागि भनेर बसेको राजदुतावासलाई नै थाह छैन भने अब हामीहरु कहाँ जाने ?’ उनले प्रश्न गरेबेलैमा कागज भएन भने भिसा थपिन्छ पाएको कामले कुरेर बस्छ यस्तो समस्या कसले बुझिदिने ?
नारायण रिजालका अनुसार यस्तो समस्या भोग्ने नेपालीहरु धेरै छन् बिहे गर्न होस वा अविवाहित प्रमाणित गर्न भिसा थप्न होस वा सामाजिक वीमाको कार्ड लिन नयाँ काम खोज्न वा अन्य कुनैपनि सरकारी प्रयोजनकालागि नेपालीको जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, कुनै फौजदारी काण्डमा लागे नलागेको प्रहरी रेकर्ड, शैक्षिक प्रमाणपत्र आदिको सक्कल चाहिन्छ, प्रमाणित गरिएको त्यो बिदेशमा बस्ने सबै नेपालीकालागि नभै हुन्न तर आफ्नै देशको निकायले बनाएको प्रमाणपत्रलाई आफ्नै देशको परराष्ट्र मन्त्रालयले समेत प्रमाणित नगरेपछि बिदेशी रजदुतासले कसरि विश्वास गर्ने ? यो समस्याले अब धेरै नेपालीलाई समस्या पार्छ भियनामा आठ वर्ष देखि बस्दै आएका बागलुनकै शिव सापकोटा भन्छन्यो समस्या तुरुन्तै समाधान नगर्ने हो भने बिदेशमा धेरै नेपालीको बिचल्ली हुन्छ सरकारले बिदेशमा दुखजिलो गरेर बसेका नेपालीलाई झन दुख दिने काम पो गर्यो

No comments:

Post a Comment