HEALTH TIPS


  • खानाखाइसकेपछी कागतीको रस बराबरी पानी मिसाएर मुख कुल्ला गर्नाले सास गन्हाउने समस्या हट्छ 
  • यौनशक्ति बढाउन =  दिमागलाई चिन्तामुक्त राख्नुस्, आफूलाई सीमितमा नबाँध्नुस्, सक्रिय रहनुस्, रक्सीबाट टाढै रहनुस् , खानामा प्रोटीन समावेश गर्नुस् ,तनावबाट बच्नुस् ,सन्तुलित आहारा खानुस्
  • अनुहारमा भएको कालो भाग हटाउने घरेलु उपाए         1)  आलुलाई मसिनो पारेर पिस्नुहोस् र त्यसको रसमा कपासको डल्लो भिजाउनुहोस्  2) आँखा चिम्म पारेर सबै डार्क सर्कल छोपिने गरि उक्त कपासको डल्लो १० मिनेटसम्म राख्नुहोस् त्यसपछि चिसो पानीले मुख धुनुहोस्  3)  एक चम्चा गेलभेंडा र कागतीको रस दिनमा दुई पटक डार्क सर्कलमा लगाउने गर्नाले पनि कालो दाग कम गर्न मद्दत गर्छ  4) एक ग्लास गोलभेंडाको रसमा पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा राहत प्रदान गर्छ  5) पाँचवटा बदामलाई मसिनो गरेर पिस्नुहोस् र त्यसमा अलिकति दुध मिसाएर पेष्ट बनाउनुहोस् । उक्त पेष्ट डार्क सर्कलमा लगाउने गर्नुहोस् । आँखा वरिपरिको छालामा चमक आउनेछ  6) दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस्   7) पुदिनाको पातलाई पिस्नुहोस् र त्यसलाई आँखा वरिपरि लगाउने गर्नुभयो भने थाकेको जस्तो देखिने आँखामा राहत प्रदान गर्छ ।
  • ल्वाङ एक हाम्रा लागि फाइदा अनेक
दाँतको दुखाईको समय ल्वाङको सेवनले पीडाबाट छुटकारा पाउन सकिन्छ। हरेक टुथपेष्ट निर्माणमा ल्वाङ अग्रस्थानमा रहेकै हुन्छ। खोकी तथा श्वास गन्हाउने समस्याका लागि पनि ल्वाङ एकदमै राम्रो उपचार मानिन्छ। यसको नियमित सेवनले यस्तो समस्याबाट मुक्त पार्दछ। त्यत्तिकै सेवन गर्न नसक्ने अवस्था भएमा यसको सेवन सौंफसँग पनि गर्न सकिन्छ। – सामान्य रुघा, खोकी टाउको दुख्ने जस्ता समस्या भएमा पनि ल्वाङको सेवन गर्न सकिन्छ। यदि ल्वाङको तेलमा महमा मिलाएर दिनमा दुईदेखि तीन पटक सेवन गर्नाले रुघाखोकी, टाउको दुखाईबाट बच्न सकिन्छ। ल्वाङको प्रयोगबाट मानसिक तनावबाट बच्न सकिन्छ। ल्वाङ, तुलसी, पुदिना र इलाइचीको प्रयोग गरी चिया बनाएर पिउन सकिन्छ। जसबाट मानसिक तनावबाट पनि मुक्त हुन सकिन्छ। छाला, अनुहारसम्बन्धी समस्या, डण्डिफोर, आँखामा कालो दाग आदि हटाउनमा पनि यसको महत्वपूर्ण भूमिका रहन्छ। ल्वाङ अन्य तेलहरूको तुलनामा अधिक एन्टीअक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ। एन्टीअक्सिडेन्ट स्वस्थ अनुहार र शरीरलाई तन्दुरुस्त राख्न एकदमै फाइदाजनक मानिन्छ। ल्वाङको तेलमा पोटाशियम, सोडियम, फोस्फोरस, आइरन, भिटामिना ए तथा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ। – कुनै विषालु प्राणीले टोक्दा, काटेको अवस्थामा, घाउ भएमा एवं कुनै भाइरसको इन्फेक्सनको अवस्थामा ल्वाङको प्रयोग गर्न सकिन्छ। ल्वाङको प्रयोगबाट बनाइएको चिया कपालका लागि पनि फाइदाजनक मानिन्छ। ल्वाङको चिया कपालमा कलर गरेपछि र कपाल पखालिसकेपछि लगाउनु पर्दछ। यसरी बनाइएको चिया चिसो भइसकेपछि मात्र प्रयोग गर्नुपर्छ। यसले कपाल सुन्दर, चमक र बलियो हुन्छ।  ल्वाङको उपयोग उल्टी हुने समस्यामा, डराउने समस्या आदिमा प्रयोग गर्न सकिन्छ। यसले शरीरलाई आराम दिलाउँदछ। ल्वाङको तेल, अमिलो, थोरै चिनी पानीमा मिलाएर पिउनुपर्दछ।

  • बिहान ऊठ्नेबित्तिकै कागती पानी र लसुन, खानाले आफ्नो मोटोपना घटछ 
  • नुन मा २, ४ थोपा तोरिको तेल मिलाएर दात सफा गर्नाले केही दिनमै दातको पहेलोपन हटेर जान्छ 
  • डण्डीफोर तथा रातो खटिराबाट  छुटकारा पाउन एक चिया चम्चा दालचिनीको धुलो र तीन चिया चम्चा मह मिसाई  मीश्रण गरि लेप  गराउने र राती सुत्नु अगाडी आफ्नो अनुहारमा लेप दल्नु होस् र बिहान उठेपछि अनुहार चिसो पानीले पखाल्नु होस् । तपाईले आफनो अनुहारको छालामा एक प्रकारको नयाँ चमक पाउनु हन्छ । यो लेप दल्ने प्रकृया दुई हप्ता सम्म जारी राख्नु होस्

No comments:

Post a Comment