8 July 2012

मेरो पबित्र बिहुँ


बसमा चडि बल्ल आज बिहुँ जान पाइनि भैयो।
तल्लो बिहुँमा फल्ने मिठा सुन्तला नि खाइनी भैयो।

पबित्र छ रामकोटधाम पक्का जान्छु यसपालि त,
महान गुरु महाजन को हातको टिका लाइनि भैयो।

विकासले गति लिइ गाऊँ झिलमिल भयको छ,
छक्क परे देखि आज आफ्नै गाऊँमा हराइनि भैयो।

उकालोले गलाएर याकुल व्याकुल बनाएनि,
शक्ती दिन्छ चिसै पानी खान खोलि धाईनि भैयो।
By: Mitra Rijal