16 April 2013

मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्‍याएका रहेछन्- 

1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न