2 January 2011

जीन्दगी सार्हो छ....

जीन्दगी सार्हो छ....

जति बुझ्छु उति अस्पष्ट लाग्छ
मलाई मेरै जीन्दगी
अर्काको जीन्दगीलाई हेर्छु
किचिङ् – मिचिङ् के – के जस्तो लाग्छ जीन्दगी
जीन्दगी त अन्तीम गाँसको
स्वाद रहेछ बिर्सन खोजे पनि नसकिने
तर के गर्नु !
यसो पानि छैनउसो पनि हुँदैन
तिमी एक्लै छौम एक्लै छु
त्यै र त हामी सगै छौं
तिमी यात्रा गरिरहेका छौम पनि हिडिरहेको छु
त्यसैले त हामी यात्री हौं,यात्रामा छौं 
यात्राबाटै सम्झनाशुभकामना !!! 
बाँच्न सिक

पेट डम्म पारेर
शीरलाई उच्च राखेर
हातगोडालाई सक्रिय गरेर
आफ्नो स्वाभिमानलाई जीवित राखेर
बाँच्न सिक
बाँच्नु भन्दा ठूलो केही छैन
जीवनको गार्हो-साँघुरोमा छिरेर
सफल हुने तरीका सिक
जसरी हुन्छ बाँच्न सिक
बाँचे प्रलय ल्याउन सक्छौ
सुख-शान्ति तान्न सक्छौ
आफू सबैको बन्न सक्छौ
मरिमरि बाँच्ने काँतर
बाँची बँचाउने नै हो ठूलो जाँगर




No comments:

Post a Comment