4 April 2013

बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय


(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)
 ददि सापकोटा

वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् त्यहाँ उनको समय सकियो नयाँ कम्पनीले उनलाई बोलाईरहेको , कामकोलागि तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन्
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन अदुरदर्शी कारण हो उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि त्यहाँको भाषा प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् तर उनलाई समस्या त्यहि परेको   (दोस्रो फोटोमा नारायण रिजाल तेस्रो फोटोमा शिव सापकोटा) 

अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र स्थायी ठेगानाको सक्कल चाहिन्छ जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर