12 February 2011

भैगो अब न बोले हुन्छ प्रिय


भैगो अब न बोले हुन्छ प्रिय, 
बोल्दा बोली महगो पर्ने भए ।
छोडिदेउ मलाई भेट्न अब, 
भेट्दा तिमीलाइ बात लाग्ने भए । ।

बिन्ती मलाई पराइ न भन, 
आफ्नो भन्न न सक्ने भए ।

हासो खुसी दिन्छु न भन,
म माथी तिम्रो माया न रहे । ।

सपनी मेरो नदेखे हुन्छ प्रिय, 
तिम्रो सिउदो पराइको नासो भए ।
मैले मात्र तिमिलाइ सम्झिने किन,
तिम्रो माया अब पराइको नै हुने भए ।