22 April 2015

डण्डीफोर तथा रातो खटिराबाट कसरी छुटकारा पाउने

 तपाईलाई डण्डीफोर तथा रातो खटीराले सताईरहेको छ ? के तपाई डण्डीफोरका कारण आफू कुरुप हुनुपरेकोमा चिन्तीत हुनुहुन्छ ? के डण्डीफोर तथा रातो खटिराकै कारण आफ्नो


आत्मविश्वासमा कमि आएकोे पाउनु भएको छ ? मोडलीङ, चलचित्र, कलाकारिता जस्ता पेशाबाट हाथ धुनु परेको छ ?

तर, अव देखि तपाईले आफ्नो अनुहारको छालाको चिन्ता लिइरहनु पर्दैन । हामीले जानकारी गराउन लागेको मह र दालचिनी मीश्रीत घरेलु पेस्ट (लेप) तयार पार्नु होस् र डण्डीफोर तथा रातो खटिराबाट सधैंका लागि छुटकारा पाउँनु होस् ।

रसियामा लोक तथा घरेलु औषधीको रुपमा परिचित यो पेष्ट (मीश्रण) सकारात्क परिणामका लागि विश्वभर प्रख्यात छ । त्यसैले पनि अनुमान लगाउन सकिन्छ रसियनहरुको छाला चिल्लो र डण्डीफोर तथा रातो खटिरा रहित हुन्छ । रसियनहरु मात्र काहा हो र आजभोली विश्वभरका युवा तथा युवति लगायतका मानिसहरु अनुहारमा बजारीया औषधीको प्रयोग गर्नु भन्दा यो लेपकै प्रयोग गर्छन् र आफ्नो अनुहार चिल्लो पार्न सक्षम भएका छन् ।

त्यसो भए यो लेप कसरी तयार पार्ने होला भन्ने जिज्ञाशा तपाईमा पलाई सकेको हुनु पर्छ । आउनुहोस्, यो डण्डीफोर र रातो खटिराबाट छुट्कारा पाउने लेपका लागि आवश्यक पर्ने सरदामका बारेमा जानकारी प्राप्त गरौं ।

आवश्यक सरदाम:

१.� एक चिया चम्चा दालचिनीको धुलो

२.� तीन चिया चम्चा मह

३.� एउटा कचौरा र चम्चा


तयार पार्ने विधि:

अव एक चिया चम्चा धुलो दालचिनीलाई कचौरामा खन्याउनुस् । त्यसमा तीन चिया चम्चा शुद्ध मह मिसाउनुहोस् । चम्चाले मीश्रणलाई चलाउनुहोस् । अव तपाईले चाहे जस्तै लेप तयार भयो ।


प्रयोग गर्ने विधि:

राती सुत्नु अगाडी आफ्नो अनुहारमा लेप दल्नु होस् र बिहान उठेपछि अनुहार चिसो पानीले पखाल्नु होस् । तपाईले आफनो अनुहारको छालामा एक प्रकारको नयाँ चमक पाउनु हन्छ । यो लेप दल्ने प्रकृया दुई हप्ता सम्म जारी राख्नु होस्

No comments:

Post a Comment