14 July 2012

मित्रता,,,

अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा केटासाथीले भने उसलाई छोडेको थिएन । त्यो केटाले उसको सेवा गरिरह्यो । उसले उक्त अन्धीको सेवामा कुनै कमि हुन दिएको थिएन यद्धपि तिनिहरु बिचमा मित्रताको मात्र साईनो थियो । केटाले गरेको सेवा देखी केटी पुर्ण रुपले संतुष्ट थिई । केटीले उसलाई सँधै भन्ने गर्थि"मैले आँखा देख्ने भए त तिमिसँगै बिवाह गर्ने थिए"। उसले यसो भन्दा केटा
मुसक्क मुस्कुराउने मात्र गर्दथ्यो । शायद आँखा देख्ने भए त्यो केटीले आफुप्रति उसको कस्तो धारणा छ भन्नेकुरा केटाको अनुहारमा कोरिएका रेखा र बदलिएको अनुहारको रंगले सहजै अनुमान लगाउन सक्थि ।
समय बित्दै गयो । एक दिन अचानकै कसैले उसलाई आँखा दियो ।
तर बिडम्बना को कुरा जब उसले आँखा देखी तब उसलाई थाहा भयो कि बर्षोदेखी आफ्नो सेवा गर्ने केटा त अन्धो पो रैछ । केहि समय यत्तिकै बित्यो। आँखा देख्ने भएपछि त्यो केटिमा धेरै परिवर्तन आईरहेका थिए । तर यो कुराको अन्दाज त्यो केटालाई थिएन । यसैले उसले केटिलाई बिवाहको प्रस्ताव राख्यो । तर त्यो केटिले उसको यो प्रस्तावलाई नकार्दे भनि "तिमीले मेरो धेरै सेवा गर्योँ यसको लागि तिमिलाई धेरै धन्यवाद तर जीन्दगी भावनाले चल्दैन, तसर्थ म तिमिसँग बिबाह चाहि गर्न सक्दिन ।"


त्यसपछि त्यो केटा मुस्कुराऊदै त्याहाँबाट केहि नभनि चुपचाप आफ्नो बाटो लाग्यो । उ त्याहाबाट गएको भोलिपल्ट केटिले सिरानि मुनि एउटा सानो कागजको टुक्रा भेट्टाई । उक्त कागज खोलेर हेर्दा त्यहि केटाले उक्त कागजमा लेखेको थियो
..........
तिमि जहाँ रहेपनि सुखि र खुशी रहनु तर मेरा ति दुई आँखाको हमेशा जतन गरिदिनु ।

No comments:

Post a Comment