16 June 2012

कस्तो सपना देखेमा कस्तो फल मिल्छ ?

सपना फल आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभहुन्छ । . आकाशमा उड्नु लाभ हुन्छ । . आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ । . आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । . आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
 पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । . पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । . बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । . जमीनसम्म देख्नु दौलत मिल्छ । . जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ । . आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो । . बिजुली देख्नु मालदार हुइन्छ । . जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ । . जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ । . जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ । . माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ । . माटोमा हिँड्नु धनी होइन्छ । . ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ । . इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ। . इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ । . इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ । . इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ । इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ । . इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ । . पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ । . खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो । . नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ । . सोतो तर्नु मरण नजीकिएको निशानी हो । . नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निकोहुन्छ, पाप कर्म छोडिदिन्छ । . भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो । . कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो । . कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ । . हैजा देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ । . नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ । . नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ,थोरै दिनपछि छुट्छ । . नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ । . नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ । . जमीनमा केही बनाउनु असल दिलको हुइन्छ । . ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ । . तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ । . तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ । . तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ । . नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ । . पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ । . पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ । . पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ । . पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ । . पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ । . पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ । . पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्नेनिशानी हो । . फूल देख्नु प्रेमी/प्रेमिका मिलन . पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध हुने . पिँजडा देख्नु जेल-नेल पर्ने । हरियो वन देख्नु शुभ समाचार मिल्ने । . सुख्खा वन देख्नु चिन्ता हुने । . चन्द्रमा प्रतिष्ठा मिल्ने । ग्रहण आपत पर्ने । . खाना बनाउनु सन्तान बिरामी हुने । . सुन पाउनु धन जाने, हानी हुने । . र्सप मार्नु कष्टबाट छुटकरा पाउने . हस्ताक्षर गर्नु धनहानि हुनु

No comments:

Post a Comment