24 February 2014

जिन्दगी कस्तो ?

    मनिस जब गुण - नै गुण ले सम्पन्न हुन्छ तब नै सर्ब-गुणी कहलिन्छ, हुने बिरुवा को चिल्लो पात भने झै एउटा सुयोग्य ब्यक्ती हुन पनि सानै देखी सबै प्रभाब भरिएर प्रखर भएको हुन पर्दछ । देश को नेतृत्व अनुहार ले हैन बुद्धी ,बिबेक अनि साहश ले गरिन्छ । सबै सन्तान लाई सुख दिनु भन्दा पहिला दुख बुझाउनु होश ,हासो दिनु भन्दा पहिला रोदन को पिडा बुझाउनु होस यो थाहा


दिनुहोस मानिश को ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्र अनि राष्ट्रियता ठुलो हुन्छ । इतिहास पढाउनुहोश ,धर्म सस्कृती सिकाउनुहोस ,जिबन पद्दति अनुसार जिउन सिकाउनु होस, सुख - अनि राज बिलाश बाट टाढा राख्नु होस सानै देखी जिम्मेवारी दिनुहोश अनि निभाउन साथ पनि दिनु होश अनि यो अनुभुती गराउनु होस हामी केबल मानब हौ अनि सबैले मर्नु पर्छ भन्ने सास्वत सत्य बाट आफै परिचित हुन दिनुहोस बिहान उठदा सुर्य अनि साझ को चन्द्रमा देखाएर जिन्दगी सधै एकैनास को हुँदैन भन्ने ज्ञान दिनुहोस ।हुन त हजुर हरु सँग कुनै कुरा को कमी छैन अनि कहिले नहोस पनि ! तर ढुक्क नहुनुहोस !! कुनै कुरा अजम्बरी छैन बस इतिहास एउटा अमर हुन्छ अनि त्यो इतिहास मा स्वर्ण अक्षरमा लेखिनु महत्व हो, यहिँ नै जिन्दगी हो ।

No comments:

Post a Comment