3 December 2012

जिन्दगीको क्षण

२०१२ को नोवेम्बर यो महिना कसैको लागि धेरै रमाइलो बन्यो त कसैको लागि निरास् नै निरास् दुख नै दुख , तेस्तै रह्यो मेरो जिन्दगीमा अरु बर्ष , अरु महिना जस्तो सहज रहेन | एका तिर आर्थिक संकट त अर्को तिर इमिग्रेसन SEF (पोर्तुगल सरकार ) ले दिएको दुख कस्ट , मलाई मात्रै हैन म सँगइ बस्ने साथीहरु को इस्थिती पनि उस्तै उहि दुःख उहि पिडा उहि अबस्था तेती मात्रै कहाँ हो र एउटा कम्पनी जो हामी ५० भन्दा धेरै .......
नेपाली सँगइ काम गर्छौ उनिहरुको इस्थिती पनि उस्तै उस्तै मिल्दो जुल्दो | हामी अहिले सबै जना यो पोर्तुगल को अल्गार्ब भन्ने इस्टेटको अर्मासाउदे पेरामा बसेर जालेस् रेइस् भन्ने कम्पनीमा काम गर्छौ काम त छ तर पनि पैसा छैन | काम मा बिहान ५ बजे जानु पर्छ अनि फर्कने कति खेर थाहा छ ? बेलुका ७, ८ बजे मात्रै ओहो एती धेरै लामो समय सम्मको काम पैसा त धेरैनै हुनु पर्ने हो हैन र ? अह हुँदैन सालोखालो दिनमा १२, १५ युरो मात्रै हो कहिले दिन भरि काम हुन्छ त कहिले तेस्तै ३ युरो, कहिले तेसै फर्कनु पर्छ हेर्नु त कति साह्रै दुःख नेपाली बहादुरिका छोरा छोरी लाई, उफ्फ्फ्फ्फ्फ के गर्ने त आफ्नो देश असक्छयम भएपछी | पेपर छैन राम्रो काम पाउनलाई पेपर बन्छ कि भनेर एती धेरै दु:ख बाध्यता !!!
यहाँ को दुख बाध्यता त एकातिर छँदै छ, आफु सँगैका साथीहरु १ बर्ष मा नै पेपर बनाएर नेपाल गैसके, आइसके त्यो नेपालमा घर परिवार ले देख्छन अनि भन्छन फलानोले पेपर बनाएर आइसक्यो तर त किन एस्तो ? काम पनि गर्दैनशकी के हो ? अहिले सम्म घरमा पैसा पठाउलास् भनेको त उल्टै मागेर खाइ रहेको छस् , कुनै पनि कुरामा सिरियस् देखिदैनश | तर अहिले पोर्तुगल्(यूरोप) को माहोल एस्तो रहेन ,दु:ख संघर्श गर्छु भन्दा पनि गर्ने ठाउँ छैन | लाग्छ समय को खेल हो संसार गोलो छ घुमिरहन्छ, घुम्दै जादा एक दिन त पालो कस्तो न आउँला र ! अनि भन्छन नि भाग्य, भाग्यमा बिश्वास गर्नु पर्छ , गर्नु हुँदैन तर खै म के भनु भाग्य लाई दोस् दिउ या म आँफैलाई, कि उनै माथिका भगवान , भगवान का पनि ३ नेत्र हुन्छन भन्छन नि तर खै कसरी भनु ३ नेत्र हुने भए अहिले सम्म मलाई किन नदेखेका त ? नेपाल छाडेको ४ बर्ष हुन लागिसक्यो अहिले सम्म अर्काको भरमा बाचेको छु लाज लाग्छ माग्नलाई तर पनि दुःख ले जिएको (पाएको) जिन्दगी तर अजै पनि सँगर्स गरीरहेछु गरी रहनेछु , लाग्छ जिन्दगी भनेकै यस्तै रहेछ दुखै दु:ख पिडै पिडा अनि यस्तै यस्तै,,,, आस गरिरहेछु एक दिन त कस्तो सफल नहुला र ? एती धेरै दुख कसैले पनि भोग्न नपरोस् र देख्नपनि ...
                 उफ्फ्फ्फ्फ्फ्फ्फ दुख के गरी बिर्सने त अह कुनै उपाएनै छैन , दुख बिर्सनलाई कहिले बाहिर घुम्न जान्छु त कहिले घरमा मेसेज गरेर अन्लाईन मा बोलाउछु एकै छिन् त कुरा कानी गर्दा दुख पिढा सबै हराए जस्तो लाग्छ तर पनि जब एक्लई भएको ठान्दछु महसुस गर्दछु अनि साथ दिने कोही हुँदैनन, आउछ घर परिबार्, गाउ ठाउँको याद, पोर्तुगल मा पाएको दुख कष्ठ , लामो समय सम्मको बिदेस बसाइ , गाउ फर्कन नपाउदाको पिढा , यि सबै बिर्सने केहि उपाए नभेटे पछी साथीभाइको साथ अनि साथी भाइको साथ पेय पदार्थ एस्को साथ पाए पछाडि त के चाइयो र दुख पिढा ,कष्ठ सबै एकै छिन को लागि भएपनी हराएर जाने | नसा चडदै जान्छ आफुमा भएको आक्रोस बाहिर निस्कन्छ , एती बेला को पर्छ अगाडी पछाडी थाहा हुँदैन, एस्तै भयो मेरो जिन्दगीमा नोवेम्बर ३०, २०१२ मा , अन्लाईन मा बसेको थिए अनि कसै सँग फोन मा कुरा भयो खै के के कुरा भयो झगडा भयो फेसबूक बाट रिमुब गर्दिए, अनि मेरो दाइ
सँग पनि अन्लाईन मा भेट भयो कुरा कानी हुँदै गए खै के के भए फेसबूक को इन्बक्समा गएर हेर्नु पर्छ , दाइले सम्जाउनु भयो अनि म सुते भोली पल्ट उठेपछाडि पो थाहा पाए कस्तो गल्ती भएछ मेरो लाईफ मा ! बुज्नेलाई सृखन्द नबुज्नेलाई खुर्पाको बिड भने जस्तै भयो फेसबूक्, मेरो मतलब फेसबूक को सही सदुपयोग भएन, एसै कारण ले गर्दा फेसबूक बन्द गर्न चाहन्थे तर पनि मेरा साथीभाईको माया अनि अहिलेको जमाना जहाँकी फेसबूक जस्तो सामजिक सन्जाल बिना टाढा रहन सकिन !!! 

No comments:

Post a Comment