16 July 2012

आमा तिमी

सपनीमा देख्छु सधै रुन्छु एक्लै याहाँ 
सम्झनाले दुख्छ मुटु पत्तो छैन काहाँ?
दिन गन्छु तिमी संग भेट कै'ले हुन्छ?
आँत मेरो हल्का होला भेट जै'ले हुन्छ 
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी ,
अजम्बरी रै'छ तिम्रो माया संसारमा ,
संगै हिड्छ तिम्रो मात्रै छायाँ अन्सारमा,
तिमीलाई पनि याद मेरो आयो होला आमा
छोरा सम्झी कुटु कुटु मुटु खायो होला
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी...!!!

No comments:

Post a Comment