26 September 2011

दशैं को याद ...

फेसबुक र इमेलका सन्देशहरुले
दशैं आएको महशुस गराउँछ ।
हामी प्रदेशमा बस्नेहरुलाई
फेरि एकचोटी दु:खी तुल्याउँछ ।।
गाउँघर र आफन्तको याद दिलाउँछ ।।।
लाग्छ…

तितेपाती र सयपत्री फुलिसके होलान
खेतैभरी धानका बाला झुलिसके होलान ।
मठ मन्दिरमा सङ्खघण्ट बजिरहेका होलान
चम्राली र लिङ्गे पिङ्ग मच्चिरहेका होलान ।

साथी सङ्गी सबै गाउँमा फर्कि सके होलान
हाँसो ठट्टा गर्नु पर्दा मलाई सम्झे होलान ।

गाउँघरमा दशैं भरी धुमधाम भएको होला
हाम्रो सानो घरमा मात्र सुन्सान भएको होला ।

आगनीमा कुकुर भुक्दा छोरै आयो ठान्लान
बाहिर हेर्दा कोहि नदेखी साह्रै दु:ख मान्लान ।