बागलुङको विहुँ गाविसलाई स्थानियले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न माग गरेका छन् । उनिरुले स्थानिय लागतमा बिहुं ६ रामकोटमा रहेको शिवालय मन्दिरको पूर्ननिर्माण गरि त्रिपुरेश्वर महादेवको रुपमा पश्चिमाचलकै नमूना मन्दिरको निर्माण गरेका छन् ।प्यागोडा शैलीमा दक्ष कालिगढहरुले सो ठाउंमा एक करोडको लागतमा मन्दिर गरेका हुन् । गाविसलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि एकसाता सम्म मन्दिरमा सांगमहारुद्राभिषेक आध्यात्मरामायात्मक विश्वशान्ति बृहत धनधान्याचल ज्ञान महायज्ञ सम्पन्न गरेका छन् । मन्दिरको भौतिक पूर्वाधारको विकास गर्ने तथा संस्कृत पाठशाला र अतिथि तथा सन्त निवास निर्माण गर्नका लागि संचालित महायज्ञमा एक करोड १६ लाख रुपैंया संकलन भएको छ । महायज्ञमा एक हजार मुरी धान र अरु जिन्सी सामाग्रीहरु संकलन भएको आयोजकले जनाएका छन् ।
महायज्ञमा संकलन भएको रकमले त्रिपुरेश्वर मन्दिर क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गरि काम अघि बढाइने मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद कंडेलले बताए । मन्दिरमा पश्चिमााचलको ठुलो पांच क्विन्टलको शिविलंगको समेत स्थापना गरिएको छ ।
विहुँ ६ रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको जिर्णोद्धार पछि आयोजित महायज्ञमा पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको भौतिक निर्माणको कार्ययोजना अनुसार काम थालिएको हो । पर्यटन बर्ष नजिकीदै गर्दा स्थानीयले धार्मिक पर्यटक भित्राउने लक्ष्यका साथ आयोजकले गत मंसिर २८ देखि महायज्ञ संचालन गरेका थिए । महायज्ञमा ५० जनाले एकलाखको दरमा नगद चन्दा दिएका छन् भने अधिकांसले कम्तिमा २५ हजार नगद सहयोग गरेका छन् । भारतको हरीद्वारका पिठाधीष स्वामी सत्यप्रकाशानन्द सरस्वतीले शुभारम्भ गरेका थिए । ज्ञानानन्द सरस्वतीले कथा वाचन गरेको सो महायज्ञमा हजारौ भक्तालुहरु ओइरिएको आयोजक समितिका अध्यक्ष बालकृष्ण कंडेलले बताए । आयोजकले मुक्तिनाथ जान आउने भारतीय पर्यटकलाई एकदिनको बसाइ थप्ने योजनाका साथ वेद वेदाङ्ग पाठशाला गुरुकुल सन्यास आश्रम तथा अन्य पर्यटकीय भवनहरु बनाउने लक्ष्य बनाएका छन् ।
स्थानियले नजिकिदैं गरेको पर्यटन वर्ष २०११ का लागि बिहुं गाविस एक गन्तव्यको रुपमा विकसित भएको दावि गरेका छन् । उनिहले पश्चिमााचलकै नमूना मन्दिर त्रिपुरेश्वर महादेवको मन्दिर उच्च स्थानमा रहेकाले सरकारले धार्मिक पर्यटकिय क्षेत्रको सूचिमा संरक्षित गर्नुपर्ने माग गरेका छन् ।
विक्रम संवत २०३२ सालमा स्थापना भएको सो मन्दिरमा सुरुमा एक हजार आठ स्वामी परमानन्द सरस्वतीले आश्रम गरेर मन्दिरको विकास गरेका थिए । चितवनको देवघाट आश्रम यो मन्दिरको शाखा रहेको १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए । सुरुमा सोहि मन्दिरमा आश्रम लिएर ज्ञान आर्जन गरेका सन्तहरु अहिले नेपालका विभिन्न धार्मिक स्थलहरुमा र भारतको हरिद्धारमा रहेका छन् । उक्त स्थानमा भारतीय धार्मिक पर्यटक बढी आउने गरेका छन् । बिहुं गाविसमा रहेको उक्त मन्दिर रहेको स्थानबाट एक दर्जन हिम श्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । मन्दिर नजिकै रहेको घोडाबांधेको धुरिमा समेत पर्यटकहरु जाने गरेका थिए ।
No comments:
Post a Comment