जीन्दगी सार्हो छ....
जति बुझ्छु उति अस्पष्ट लाग्छ
मलाई मेरै जीन्दगी
अर्काको जीन्दगीलाई हेर्छु
किचिङ् – मिचिङ् के – के जस्तो लाग्छ जीन्दगी
जीन्दगी त अन्तीम गाँसको स्वाद रहेछ बिर्सन खोजे पनि नसकिने तर के गर्नु ! यसो पानि छैन, उसो पनि हुँदैन तिमी एक्लै छौ, म एक्लै छु त्यै र त हामी सगै छौं तिमी यात्रा गरिरहेका छौ, म पनि हिडिरहेको छु त्यसैले त हामी यात्री हौं,यात्रामा छौं यात्राबाटै सम्झना, शुभकामना !!! |
बाँच्न सिक
पेट डम्म पारेर
शीरलाई उच्च राखेर
हातगोडालाई सक्रिय गरेर
आफ्नो स्वाभिमानलाई जीवित राखेर
बाँच्न सिक
बाँच्नु भन्दा ठूलो केही छैन
जीवनको गार्हो-साँघुरोमा छिरेर
सफल हुने तरीका सिक
जसरी हुन्छ बाँच्न सिक
बाँचे प्रलय ल्याउन सक्छौ
सुख-शान्ति तान्न सक्छौ
आफू सबैको बन्न सक्छौ
मरिमरि बाँच्ने काँतर
बाँची बँचाउने नै हो ठूलो जाँगर
|
2 January 2011
जीन्दगी सार्हो छ....
Subscribe to:
Posts (Atom)