खुशीहरु बसाइ सरे आफन्त नै पराइ भए,
उजाड मरुभुमी यो जीन्दगि बनाइगए
कहिल्यै निको नहुने घाऊ बनि मुटु भरि,
आइ रहन्छ पापिनिको यादहरु घरि-घरि
तोडी जानु थियो त फेरी किन दियौ मन,
चोखो माया पाखा लायौ तिमीले खोजी रहिछौ धन
आखिर पछि लाग्यौ धनको मेरो माया मारेर,
हेर्दा-हेर्दै पराइ भयौ मुटु अन्तै सारेर
हेर्दा-हेर्दै पराइ भयौ मुटु अन्तै सारेर !!!
No comments:
Post a Comment