Pages

15 June 2013

माया प्रेम मा परेपछी .....

यो कुरा तिमीलाई कसरी भनूँ? अन्योलमा छु। तर, अब म यो कुरा तिमीलाई भन्न सक्छु किनभने गुमाउनका लागि मसँग अब केही पनि बाँकी छैन। मैले सर्वस्व गुमाइसकेँ। तिमीले यो चिठी पढ्दा मैले संसार छोडिसकेकी हुनेछु, अथवा छोड्ने क्रममा हुनेछु।  


तिम्रो जिन्दगी भन्नु नै पार्टी र केटीहरू थिए। मेरो जिन्दगी चाहिँ तिमी र काम थिए। यस दुनियाँमा रहेँ भने म तिमीप्रति आशक्त हुनेछु र तिम्रो यादले सताइनेछु। त्यसैले म आफ्नो १० वर्षको करिअर र सपनाहरूबाट बिदा