पल्पसा क्याफे --पुस्तक समिक्षा शीर्षकमा संगम लेख्छिन्: नेपाली दैनिक पत्रिका कान्तिपुर’का सम्पादक नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे’ एउटा आधुनिक उपन्यास हो । यसमा लेखकले निकै सरल र सहज ढङ्गमा पत्रपत्रिका भाषाको प्रयोग गरेको छ ।यस उपन्यासमा नेपाली आम जनता भन्दा अलि उच्च स्तरको व्यक्तिलाई मुख्य पात्रका रुपमा प्रस्क्तत गरेको छ जसमा सामाजिक तथा भौतिक जीवनको पनि उत्तिकै महत्व रहेको छ । बाथरुम जाँदा पनि आधुनिक कम्प्यूटर ल्यापटपको प्रयोग गर्नु च्याट इमेल रेस्टूराँ जाने र त्यहाँ बब् मार्लीको सङ्गीत सुन्ने विदेश जाने प्रवृति बोल्दा बोल्दै वीचमा अङ्रेजी भाषाको प्रयोग गर्ने आदिले हाम्रो देशमा आधुनिकरण भित्रिसकेका छन् भन्ने बारेमा स्पष्ट रुपमा बताउँछ ।बिगत दश वर्षे जनआन्दोलनमा बलि भएका सहिदहरु र देशले भोग्नु परेका पिडाहरु प्ानि निकै राम्ररी प्रस्तुत गरेका छन् यस